लाभांशको सिजनमा लगानीकर्ताको आकर्षणमा रहेका लघुवित्तको शेयर मूल्य घट्दै, २ हजार माथि तीन कम्पनीको मात्रै शेयर मूल्य

२० श्रावण २०८०, शनिबार ०७:३१

काठमाडौं । बिहीबार नेप्से झिनो अंकले बढेसँगै माइक्रोफाइनान्स उपसूचक पनि उचालिएको छ । यद्यपि माइक्रोफाइनान्स सेक्टरबाट कारोबार भएका अधिकांश कम्पनीको शेयरमूल्यमा भने गिरावट आएको छ ।

कारोबारको अन्तिम दिन माइक्रोफाइनान्स सेक्टरबाट कुल ५१ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये २० माइक्रोफाइनान्स कम्पनीको शेयरमूल्यमा वृद्धि आएको छ ।
दुई कम्पनी डिप्रोक्स लघुवित्त र स्वाबलम्बन लघुवित्तको शेयरकारोबार भएको देखिदैन भने बाँकीका समग्र २९ वटै कम्पनीको शेयरमूल्य घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*