अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ करिब साढे ६ लाखको आवेदन

१९ श्रावण २०८०, शुक्रबार १९:०८

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपीओ करिब साढे ६ लाखको आवेदन परेको छ ।

आज साँझ ५ः०६ बजेसम्ममा ६ लाख ३६ हजार १३८ आवेदकबाट ७२ करोड ६४ लाख ९४ हजार रुपैयाँ बराबरको ७२ लाख ६४ हजार ९४० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणको लागि निष्काशन गरेको १९ लाख ५३ हजार २७९ कित्ताको ३।७१ गुणा बढी हुन आउँछ ।

कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने ३९ हजार ७६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*