यो साता कस्तो रहयो शेयर बजार ?

२० श्रावण २०८०, शनिबार १०:४३

यस साता नेप्से परिसूचक साढे ३६ अंक घटेर बन्द भएको छ। गत साता २१२६।४८ विन्दुमा बन्द भएको नेप्से, यस साता ३६।६४ अंक अर्थात १।७२ प्रतिशत घटेर २०८९।८४ विन्दुमा बन्द भएको छ।

५ कारोबार दिनमध्ये ३ दिन नेप्से परिसूचक बढेर बन्द भएको छ भने २ कारोबार दिन घटेर बन्द भएको थियो। सेन्सेटिभ इण्डेक्स ४।३० अंक घटेको छ भने फ्लोट इण्डेक्स २।४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।९८ अंक घटेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा यस साता १ अर्ब ९८ करोडको शेयर खरिदबिक्री भएको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि १।७१ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५३ अर्ब रुपैयाँ घटेर ३० खर्ब ७१ अर्बमा सीमित भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*