भलवारी जेसीसमा शेयर तालिम सम्पन्न

२१ श्रावण २०८०, आईतवार १३:२६

काठमाडौं । भलवारी जेसीस रुपन्देहीले शनिबार शेयर बजार (स्टक मार्केट) सम्बन्धी एक दिने तालिम सञ्चालन गरेको छ । उक्त कार्यक्रम शाखाका अध्यक्ष तथा लगानीकर्ता माधव प्रसाद पाण्डे र शाखाका कानूनी सल्लाहकार जीवन भट्टराईको सञ्चालन तथा उपाध्यक्ष रूपेश पाण्डेयको संयोजकत्वमा सम्पन्न भएको थियो ।

सोही कार्यक्रममा, अर्थशास्त्री एवम् उपप्राध्यापक अच्युत पन्तले शेयर बजारमा जोखिम न्यूनीकरणको प्रावधानका दृष्टिले नेपाल उपयुक्त बजार रहेको भन्दै बजारमा प्रवेश, दीगो लगानी, अल्पकालीन आय आर्जन, देशको अर्थतन्त्र विश्लेषण लगायत विषयमा प्रशिक्षण दिएका छन् ।

त्यसअघि, प्रशिक्षण उद्घाटन गर्दै जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता एवम् शाखाका पूर्व अध्यक्ष मुक्तिनाथ गैह्रेले जेसीज आफैमा सीप विकाश र मानव विकाशको विश्वविद्यालयको रूपमा क्रियाशील भएकोले यो संस्थाबाट सबैले लाभ लिनुपर्ने कुरामा जोड दिएका थिए ।

सो अवसरमा शाखाका निवर्तमान अध्यक्ष किशोर पंगेनी, निर्वतमान कार्यकारिणी उपाध्यक्ष प्रताप भण्डारी, लोकनाथ खनाल, कोषाध्यक्ष मिन तिवारी लगायतले समेत बोलेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*