३८ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्मे

२१ श्रावण २०८०, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयरबजारमा ३८ अंकको गिरावट आएको छ । शेयरबजारमा गिरावट आएसँगै सबै उपसूचकहरुमा रातो पोतिएको छ ।

आइतबार नेप्से सूचकांक ३८.३७ अंकले घटेर २,०५१ विन्दुमा कायम भएको छ । साता कारोबारको पहिलो दिनमै नेप्सेमा गिरावट आउदा लगानीकर्ता निराश बनेका छन् । नेप्सेमा सूचीकृत कुल २६५ कम्पनीहरुको ८० लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजारको कारोबार भएको छ ।

शेयरबजारमा गिरावट आएसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ । आइतबार होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३.५९ प्रतिशतले घटेको छ । दोस्रोमा फाइनान्स उपसूचक ३.४३ प्रतिशतले घटेको छ ।

त्यस्तै, विकास बैंक उपसूचक २.५०, ट्रेडिङ उपसूचक २.३५, जीवन बीमा उपसूचक २.०९ र निर्जीवन बीमा उपसूचक २.०५ प्रतिशतले घटेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*