हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

२२ श्रावण २०८०, सोमबार ०९:४२

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज साउन २२ गतेबाट कुल १५ लाख ७७ हजार २११ कित्ता हकप्रद शेयर लिलामी मार्फत बिक्रीजमा ल्याएको छ ।

कम्पनीले गत जेठ २२ गतेदेखि असार २५ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेको थियो । त्यतिबेला कम्पनीले चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ लाख २० कित्ता हकप्रद बिक्री खुला गरेको थियो । बिक्रीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले काठमाण्डौको नयाँबानेश्वरस्थित लक्ष्मी क्यापिटल मार्केट, लक्ष्मी सनराइज बैंकका शाखाहरु क्रमशः विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बागलुङ, बुटवल, नेपालगन्ज, घोराही, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन्।

खरिद आवेदन दिने अन्तिम मिति साउन २९ गते दिउँसो ३ बजेसम्म तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*