हरियालीतर्फ बढ्न खोज्दै नेप्से

२२ श्रावण २०८०, सोमबार १५:१२

काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से हरियालीतर्फ बढ्न खोजेको देखिन्छ । यद्यपि बजारमा झिनो अंकको गिरावट कायमै रहेको छ । नेप्से घटेतापनि अधिकांश उपसूचक बढेको छ ।

सोमबार नेप्से सूचकांक ३.२१ अंकले घटेर २०४८ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत कुल २६७ कम्पनीहरुको ६६ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३३ करोड ३५ लाख ७३ हजारको कारोबार भएको छ ।

सोमबार नेप्से सामान्य अंकले घटेको भएपनि ९ उपसूचकमा हरियाली छाएको छ । ४ उपसूचकमा भने रातो पोतिएको छ । सोमबार फाइनान्स उपसूचक सर्वाधिक १.६५ प्रतिशतले बढेको छ भने विकास बैंक र होटल तथा पर्यटन उपसूचक समान १.४१ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंकिङ उपसूचक सर्वाधिक ०.९४ प्रतिशतले घटेको छ । अन्य उपसूचक ०.३६ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*