नियमविपरीत शेयर हस्तान्तरण गरेपछि ब्रोकर नं. २८ कारवाहीमा

२२ श्रावण २०८०, सोमबार १६:५१

काठमाडौं । ब्रोकर नं. २८ (श्रीकृष्ण सेक्युरिटिज)ले नियमविपरीत शेयर हस्तान्तरण गरेको पाइएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५० हजार जरिवाना कारवाही गर्ने भएको हो ।

श्रीकृष्ण सेक्युरिटिजले धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम २६ को उपनियम ३ मा भएको व्यवस्था उल्लंघन गर्दै धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम १ को क मा भएको व्यवस्थाप्रतिकुल शेयर हस्तान्तरण गरेको सेबोनले दाबी गरेको छ ।

नियमावली उल्लंघन गरेको पाइएपछि सेबोनले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा ६ अनुसार श्रीकृष्ण सेक्युरिटिजलाई ५० हजार रुपैयाँ जरिवाना गराउने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*