नेप्सेमा ‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’ को इकाई सूचीकृत

२३ श्रावण २०८०, मंगलवार १२:११

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’ को प्रति इकाई १० रुपैयाँका दरले ७ करोड ५० लाख ७२ हजार ३९० इकाई सूचीकृत भएको छ ।

नेप्सेमा आज सिटिजन क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’को नामबाट सूचीकृत भएको हो ।

मंगलबार सूचीकृत भएको ‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’ भोलि (बुधबार) देखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*