नेप्से हरियालीमा फर्कन सकेन, सबै उपसूचक राताम्मे

२३ श्रावण २०८०, मंगलवार १५:०८

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजार अंकले घटेको छ । सोमबार झिनो अंकले गिरावट आएको नेप्सेमा आज २८ अंकको गिरावट आउदा नेप्से हरियालीतर्फ बढ्न नसकेपछि सबै उपसूचकमा रातो पोतिएको छ ।

मंगलबार नेप्सेमा गिरावट आउदा शेयर बजार २०१९ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको ४८ लाख ६० कजार कित्ता शेयर किनबेच हुँदा १ अब ७३ करोड ७० लाख १४ हजारको कारोबार भएको छ ।

नेप्सेमा गिरावट आएसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ । मंगलबार सर्वाधिक ट्रेडिङ उपसूचक २.७० र फाइनान्स उपसूचक २.६९ प्रतिशतले घटेको छ । सर्वाधिक कम इन्भेष्टमेन्ट उपसूचक र म्युचुअल फण्ड उपसूचक समान ०.७२ प्रतिशतले घटेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*