शेयरप्रो सेक्यूरिटीजद्धारा डिम्याट खाता तथा मेरो शेयर सदस्यतामा शतप्रतिशत छूट

२३ श्रावण २०८०, मंगलवार १६:२७

काठमाडौं । शेयरप्रो सेक्यूरिटीज प्रा. लि. ले आजकै मिति (साउन २३) बाट लागू हुने गरी प्रथम ३६५ जना नयाँ ग्राहकलाई डिम्याट खाता तथा मेरो शेयर सदस्यातामा शतप्रतिशत छूटको अफर ल्याएको छ ।

यस छूट योजना अन्तर्गत पहिलो ३६५ जना ग्राहकले निःशुल्क डिम्याट खाता तथा मेरो शेयर सदस्यता लिई कारोबार गर्न सक्नेछन् । धितोपत्र बजारमा रुची राख्ने जो कोही व्यक्तिले यो योजनामा सहभागी भई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

शेयरप्रो सेक्यूरिटीज गत जेठ ९ गते धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी गत असार २८ बाट धितोपत्र दलाली र निक्षेप सदस्यको सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*