लगानीकर्तालाई झुक्याउने काम नगरौ, इन्साईडर ट्रेडिङ र चलखेल छानविन गर्न माग: प्रदेश पाँच शेयर लगानीकर्ता फोरम इन्साईडर

२३ श्रावण २०८०, मंगलवार १८:४८

काठमाडौं । लगानीकर्तालाई झुक्याउने काम नगरौ भन्दै प्रदेश पाँच शेयर लगानीकर्ता फोरमले ध्यानाकर्षण गरेको छ । फोरमले बैंकको गलत वित्तिय विवरणको कारण आम शेयर लगानीकर्तालाई पर्न गएको असर प्रति गम्भिर ध्यानाकर्षण जनाउदै आज एक विज्ञप्ती जारी गरेको छ।

कृषि विकास बैक को आ.व. २०७९/०८० को चौथो त्रैमासिक वित्तिय विवरणमा वितरणयोग्य प्रतिशेयर आम्दानी १९.८९ प्रतिशत रहेको गलत तथ्याङ्ग सम्प्रेषण गरी पुनःसच्चाइएको प्रकाशित विवरणमा वितरणयोग्य प्रतिसेयर आम्दानी १४.९२ प्रतिशत रहेको घटनालाई सो समय अवधिभित्र सेयरबजारबाट आम लगानीकर्तालाई पर्न गएको क्षतिप्रति यस फोरमको गम्भिर ध्यानाकर्षण गरेको हो ।

यस सम्बन्धमा सम्बद्ध सरोकारवाला नियमक निकाय, नेपाल राष्ट्र बैंक, (नेप्से), नेपाल धितोपत्र बोर्ड लगाएत संस्थाहरुले सत्य तथ्य छानविन गरी भित्री कारोबार ( भए/नभएको एकिन गर्न र पुनः भविष्यमा यस्ता घटना नदोरिन नियमन गर्न समेत यस फोरम हार्दिक अपिल गर्दछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*