प्रतिकित्ता ५० रुपैयाँमा निष्काशन गरेको हाथवे इन्भेस्टमेन्टको आईपीओ भोलि बाँडफाँड हुदै, कतिले पाउछन् शेयर ?

२४ श्रावण २०८०, बुधबार १४:१८

काठमाण्डौ । प्रतिकित्ता ५० रुपैयाँमा निष्काशन गरेको हाथवे इन्भेस्टमेन्ट नेपालको पहिलो चरणको आईपीओ भोलि बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुने क्यापिटलले जनाएको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ ।

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*