सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२५ श्रावण २०८०, बिहीबार १०:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले १ लाख ३० हजार ४७९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिदको पहिलो हक सोही कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई रहेको कम्पनीले जनाएको छ । शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०० तोकिएको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित मिति (साउन २५) ले ३५ दिनभित्र लिखित प्रस्ताव पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

साथै, उक्त समयावधिभित्र पनि कुनै संस्थापकहरुबाट खरिद आवेदन नआएमा अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*