भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुुस् नतिजा

२५ श्रावण २०८०, बिहीबार १३:०४

काठमाडौं । भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयेजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ का दरले आईपीओ बिक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पुँजि ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बिक्री गरेको हो ।

कम्पनीले ५८ लाख ८१ हजार १०० रुपैयाँ बारबरको ८५ हजार ८१० कित्ता वैदेशिक रोजगारिमा रहेको नेपालीलाई बिक्री गरेको हो । वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री गरिएको आइपीओ ८ हजार ५८१ जना आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

कम्नीको बिक्री प्रबन्धकमा क्यापिटल बैंक रहेको छ । कम्पनीको आईपीओ नतिजा तलको लिङ्कबाट हेर्न सकिन्छ ।
मेरो शेयर एप ः https://meroshare.cdsc.com.np/#/login
बिक्री प्रबन्धक वेबसाइट ः https://www.siddharthacapital.com/
सीडीएस वेबसाइट ः iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*