धितोपत्र बोर्डद्धारा थप तीन वटा कम्पनीलाई ब्रोकर लाइसेन्स,नयाँ ब्रोकरको संख्या २० पुग्यो

२६ श्रावण २०८०, शुक्रबार १४:३५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डले साउन २४ गतेको निर्णयानुसार जे।वि।एन।एल। सेक्युरिटिज, आरविवि सेक्युरिजिट र सि।वि।आई।एल सेक्यूरिटिजलाई ब्रोकर लाइसेन्स दिएको हो ।

यसअघि साउन १९ गते पनि नेप्सेले थप तीनवटा ब्रोकरलाई कारोबार गर्न सदस्यता दिएको थियो ।

१९ गते मेगा स्टक मार्केट्स, माछापुच्छ्रे सेक्युरिटिज र नबिल सेक्युरिटिजले ब्रोकरको कारोबार गर्न सदस्यता पाएका हुन् । मेगाले पूर्ण कारोबार गर्ने धितोपत्र दलाल, माछापुच्छ्रेले सिमित कार्य गर्ने धितोपत्र दलाल र नबिलले धितोपत्र व्यापारीको कारोबार गर्ने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*