अन्ततः नेपाल इन्स्योरेन्सबाट बाहिरियो आइएमई ग्रुप, एकैदिन झण्डै ६० करोडको शेयर बिक्री, कसले किन्यो ?

२८ श्रावण २०८०, आईतवार १८:०८

काठमाडौं । क्रस हेल्डिङ हटाउन आइएमई गुप्रले नेपाल इन्स्योरेन्स कम्पनीबाट हात झिकेको छ। बीमा प्राधिकरणको क्रस क्रसहोल्डिङ हटाउने नीतिलाई अन्ततः आइएमई गुप्रले मानेको देखिन्छ ।

यस बिषयमा बीमा प्राधिकरणले बारम्बार दवाब दिँदै आएको थियो । प्राधिकरणको नियम उपर कम्पनीले आइएमइ जनरलसँग मर्जको प्रयास पनि नगरेको भने हैन अन्त्यमा पु्रडेन्सियल इन्स्योरेन्ससँग एकीकृत कारोबार भएसँगै कम्पनीले कम्पनीबाट हात झिकेको छ।

अन्तिममा आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएपछि आईएमई ग्रुपले नेपाल इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको थियो ।

मर्जरमा जाने विकल्प रोजे पनि नेपाल इन्स्योरेन्ससँग सहमती नभएपछि आइएमई गुप्रले नेपाल इन्स्योरेन्सको सबै शेयर बिक्रि गरेको हो ।

आईएमई समूहका तीन कम्पनीले २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर बेचेका छन् । आईएमई लिमिटेड, आईएमई इन्भेष्टमेन्ट र आईएमई होल्डिङ प्रालि गरी तीन कम्पनीको नाममा रहेको उक्त सेयर गत असार २४ गते बिक्रीमा राखिएको थियो । उक्त शेयर एशियन लाइफले खरिद गरेको छ ।

आईएमई समूहले प्रतिकित्ता न्युनतम ३२५ रुपैयाँ मूल्य राखेर लिलामार्फत बिक्रि गरेको शेयरमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता ३६६ रुपैयाँमा टेण्डर हात पारेको स्रोतले जनाएको छ।
सनी सेक्युरिटीजमार्फत आइएमई गुप्रको ५८ करोड ४५ लाख ६१ हजार ४०० रुपैयाँमा उक्त सेयर किनबेच भएको स्रोतले जनाएको छ।

उक्त शेयर डाइनामिक मनि मार्केट सेक्युरिटीजबाट एशियन लाइफले किनेको स्रोतले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*