एक महिनामा निर्जीवन बीमा कम्पनीको बीमा व्यवसायमा देखिएन सुधार, तीन कम्पनीको व्यवसाय घट्यो ? (सूचीसहित)

२८ श्रावण २०८०, आईतवार १८:२२

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत महिनाको तुलनामा ० दशमलव १४ प्रतिशतले बढेको छ। महिनाको जेठमा कुल ३ अर्ब ५० करोड ९२ लाख बीमा शुल्क आर्जन गरेको निर्जिवन बीमा कम्पनीहरुले यस महिनामा ४ अर्ब १ करोड ३३ लाख बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधिसम्ममा तीन कम्पनीको बीमाशुल्क आर्जन भने घटेको देखिएको छ ।राष्ट्रिय बीमा कम्पनीको सर्वाधिक ०.८० प्रतिशतले घटेको छ गत जेठ २३ करोड ७२ लाख आर्जन गरेकोमा असारमा ४ करोड ८३ लाखमात्र आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, हिमालयन एभरेष्टले गत जेठमा ५७ करोड १९ लाख आर्जन गरेकोमा असारमा केवल २९ करोड १६ लाख आर्जन गरेको छ । जुन ०.४९ प्रतिशत कम हो । यूनाइटेड अजोडको गत जेठमा २७ करोड ८६ लाख आर्जन गरेकोमा असारमा २७ करोड २२ लाख आर्जन गरेको छ र ०.०२ प्रतिशतले घटेको छ ।

सर्वाधिक बीमा शुल्क आर्जन गर्नेमा दि ओरियन्टल कम्पनी रहेको छ । गत गत जेठमा ८ करोड ७८ लाख बीमा शुल्क आर्जन गरेको यस कम्पनीले असारमा भने २५ करोड ८ लाख आर्जन गरेको छ ।जुन १.८६ प्रतिशतको बृद्धि हो । प्रभु इन्स्योरेन्सले ०.८४, शिखर इन्स्योरेन्सले ०.६६, एनएलजीले ०.६०, सगरमाथा लुम्बिनीले ०.३८, नेशनल इन्स्योरेन्सले ०.३४ प्रतिशत बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सको बीमाशुल्क आर्जन ०.२७, सानिमा जिआईसीको ०.२१, नेको इन्स्योरेन्सको ०.२०, आईजीआई प्रूडेन्सीयलको ०.११ प्रतिशतले वृद्धि भएको छ जुन वृद्धि हुनेमा सबैभन्दा कम प्रतिशतलको बृद्धि हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*