अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न, कतिको हात खाली ?

२९ श्रावण २०८०, सोमबार १७:४१

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज कम्पनीको बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न गरेको हो ।

सो आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको छ । जस अनुसार १ लाख ९५ हजार ३ सय २७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख १७ हजार ८५० कित्ता शेयरको लागि आवेदन परेको थियो । कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*