नेपाल इन्स्यारेन्सको खुद बीमाशुल्क आर्जन १९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७६ पैसा

३० श्रावण २०८०, मंगलवार ०७:३२

काठमाडौं । नेपाल इन्स्यारेन्स कम्पनीले चँैथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद नाफा ९।८९ प्रतिशत ले बढेर ४० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा ३६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद बीमाशुल्क आर्जन १९।३२ प्रतिशत ले बढेर ७९ करोड ८१ लाख रुपैयाँ पुगेपछि खुद नाफामा पनि सुधार भएको हो ।

कम्पनीको हालको चुक्ता पुँजी भने १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ मात्र रहेको छ । रिजर्भ कोष २२।६० प्रतिशत र बीमा कोषको आकार २६।४८ प्रतिशत ले बढेको छ ।

असार मसान्तसम्म अइपुग्दा प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७६ पैसाले बढेर २५ रुपैयाँ ५६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ७० पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*