एनएलजी इन्स्योरेन्सको मुनाफा बढ्यो, अन्य सूचांकमा प्रगति

३० श्रावण २०८०, मंगलवार ०८:४१

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक को चौथो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा १ दशमलव ०२ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २४ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

चौथौ त्रैमासको अवधिसम्ममा आईपुग्दा कम्पनीको खुद बीमा दाबी भुक्तानी भने १४ प्रतिशतले घटेर ४ अर्ब ९९ करोड रुपैयाँमा सिमित भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ५ अर्ब ८१ करोड रुपैयाँमा सिमित राखेको छ।

कम्पनीको लगानी कर्जा तथा अन्यबाट आय आम्दानीमा तीन प्रतिशतको सुधार देखिएको छ । अघिल्लो आर्थिक बर्षमा ६ अर्ब १८ करोड रुपैयाँ लगानी अन्य कर्जाबाट आय आम्दानी गरेको थियो  भने गत आर्थिक बर्षको चौथौ त्रैमासम्ममा तीन प्रतिशतले वृद्धि गरी ६ अर्ब ३९ करोड रुपैयाँ पुराएको छ।

नियामकीय निर्देशन पालना गर्दै आफै पुँजि पुराउन लागेको कम्पनीले व्यवस्थापन खर्च ५ प्रतिशतले बढाएर ३ करोड ५९ लाख रुपैयाँ पुराएको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ४२ लाख रुपैयाँ रकम व्यवस्थापन खर्चमा खर्चिएको थियो ।

कम्पनीले प्रकाशजन गरेको वित्तिय विवरणको अनुसार यस त्रैमाससम्ममा कमपनीको  खुद बीमा शुल्क आर्जन ५ दशमलव ७५ प्रतिशतले घटेको  छ । अघिल्लो आर्थिक वर्षमा ६७ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन  ६३ करोड १८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको चौथौ त्रैमासको अवधिभसम्म्मा आफनो ९ दशमलव ९९ प्रतिशतले बढाएको छ।  नियामक निकायको पुँजिवृद्धि योजनाको कारण कम्पनीले पुँजि वृद्धिमा जोड दिएको देखिन्छ ।

यद्यपी कम्पनीले आफनो पुँजि पुराउन हकप्रद शेयर जारी गर्दैछ । कम्पनीले हकप्रद शेयर जारी गर्न बीमा प्राधिकरणबाट स्वीकृती समेत पाईसकेको छ। चुक्ता पूँजी १ अर्ब ४५ करोड छ ।

त्यस्तै, बीमाकोष १० दशमलव ४९ प्रतिशतले बढाएर१ अर्ब २७ करोड रुपैयाँ पुराउन सफल भएको छ ।

जगेडा कोष भने अघिल्लो आर्थिक बर्षको तुलनामा ८ दशमलव ०३ प्रतिशतले घटेर २६ करोड ५२ लाख रुपैयाँमा सिमित भएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*