मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

३१ श्रावण २०८०, बुधबार १२:०८

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज (साउन ३१) बैंकिङ समय पश्चात सो शेयरका लागि आवेदन लिने कार्य बन्द गरिनेछ ।

कम्पनीद्वारा स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*