अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्दै, बोर्डसँग माग्यो अनुमति

३१ श्रावण २०८०, बुधबार १४:५२

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

भ्यालीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ चुक्ता पँजि रहेको भ्यालीले सोही पुँजिमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।

भ्यालीले हकप्रद शेयरबाट प्राप्त रकममध्ये ९३ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजनामा पीके हाइड्रोपावर प्रालिको संस्थापक शेयरमा लगानी गर्ने कम्पनीले जनाएको छ । बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण क्रममा बैंकहरुबाट लिएको ऋणको भुक्तान गर्ने प्रयोग गर्ने जानकारी दिएको छ ।

धितोपत्र बोर्डद्वारा अनुमति प्राप्त गरेपछि कम्पनीको हकप्रद शेयर जारी हुनेछ भने कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*