अपी पावर कम्पनीले आजदेखि हकप्रद शेयर बिक्री खुला

३१ श्रावण २०८०, बुधबार १२:४४

काठमाडौं। अपी पावर कम्पनीले आजदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ।कम्पनीले चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँको १ः०।४ अर्थात ४० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको छ।

कम्पनीले हकप्रद सेयर बिक्री गर्न गत असार २२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र यो हकप्रद भर्न पाउनेछन्।

यो हकप्रदमा अपी पावरका लगानीकर्ताले आउँदो भदौ १९ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*