निश्चित समूहको स्वार्थको लागि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले काम गरेको भन्दै लगानीकर्ता आन्दोलित

३२ श्रावण २०८०, बिहीबार १६:४४

काठमाडौं । सेयर लगानीकर्ता तिलक कोइरालाले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पैसा खाएर आइपीओ निष्काशनको अनुमति दिन लागेको भन्दै आरोप लगाएका छन् ।बोर्डका अध्यक्ष हमालले निश्चित स्वार्थ समूहका हितको लागि मात्रै काम गरेको आरोप लगाएका हुन् ।

आइपीओलगायत सार्वजनिक निष्कासनमा अनुमति दिंदा कमिसन पाइने आश बोर्डले यस्तो काम गरेको उनको गुनासो रहेको छ।

बिहीबार केही लगानीकर्तालाई लिएर धितोपत्र बोर्ड घेराउ गर्न भन्दै खुमलटार पुगेका कोइरालाले बोर्डको गेटमा भाषण गर्दै हमालको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका थिए ।

आज बोर्ड पुगेको समूहले कमजोर वित्तीय अवस्था भएका कम्पनीलाई महँगो मूल्य प्रिमियम मा आईपीओ निष्कासन गर्ने अनुमति दिँदै आर्थिक चलखेल गरेर लगानीकर्ता फस्ने कार्य नगर्न, बजारमा हप्तै पिच्छे आईपीओ निकालेर सप्लाई बढाउने काम भन्दा पनि संस्थागत लगानीकर्तालाई भित्र्याउन जोड दिनर सिमित व्यवसायीको स्वार्थपूर्तिका लागि भन्दा पनि लगानीकर्ताको हक र हितका लागि काम गर्न सेबोनलाई ध्यानाकर्षण गराएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*