पाँच कम्पनीले पाए स्टक एक्सचेन्जको ब्रोकर लाइसेन्स, कालु गुरुङ पनि शेयर बजारमा

१ भाद्र २०८०, शुक्रबार ०८:५८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप पाँच कम्पनीलाई स्टक एक्सचेन्ज (शेयर) ब्रोकरको लाइसेन्स दिएको छ । बोर्डको हिजो बसेको बैठकले नयाँ ब्रोकर लाइसेन्स दिएको हो ।
बोर्डले हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा र सनी सेक्युरिटिज कम्पनी लिमिटेड नक्शाललाई पूर्ण कारोबारको लागि लाइसेन्स दिएको छ । त्यस्तै, सजिलो ब्रोकर लिमिटेड ललितपुर, रोडसो सेक्युरिटिज लिमिटेड सुन्धारा र बेनी सेक्युरिटिज प्रालि बानेश्वरले सीमित कार्य गर्ने अनुमति पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले बोर्डले २०७९ असोजमा ३० दिनको म्याद सहित सेयर ब्रोकरको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । आवेदन दिएका ४५ मध्ये ४३ कम्पनीलाई लाइसेन्नसको पूर्वस्वीकृति दिएकोमा हालसम्म ३७ कम्पनीले लाइसेन्स पाइसकेका छन् । अझै सात कम्पनीले पूर्ण लाइसेन्स पाउन बाँकी छ ।

उक्त लाइसेन्स पाउनेको सूचिमा विवादित तथा कालोधनका कारोबारी कालु गुरुङको कम्पनीको पनि नाम रहेको छ । रोडशो नामक कम्पनीबाट घरजग्गाको कारोबार गर्दै आएका कालु गुरुङले रोडशो ब्रोकर कम्पनीको लाइसेन्स पाएका छन् । उनले नेपाल कमर्श क्याम्पस मिन भवन क्याम्पसमा पिउन काम गर्ने गणेशलाल अवालेको मिनभवनमा रहेको पैतृक सम्पत्ति तीन रोपनी १२ आना हडपेर खाएको आरोप लाग्दै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*