आईपीओ निष्काशन गर्दै सिड इनर्जी लिमिटेड

१ भाद्र २०८०, शुक्रबार १६:१०

काठमाडौं । सिड इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन प्रयोजनका लागि कम्पनीले एनएमबी क्यापिटलसँग बिक्री प्रबन्धक तथा परामर्श सेवाको लागि सम्झौता गरेको छ ।

उक्त सम्झौतामा सिड इनर्जीको तर्फबाट अध्यक्ष पंकज चन्द्र श्रेष्ठ तथा एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश वैद्यले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एनएमबी क्यापिटलले सिड इनर्जीलाई आईपीओ जारी गर्न आवश्यक परामर्शसहित पूर्वतयारीका लागि मद्दत गर्नेछ । पूर्वतयारीको काम सकिएपछि नियाकम निकाय नेपाल धितोपत्र बोर्डद्वारा अनुमति प्राप्त गरेपछि सिड इनर्जीले आईपीओ निष्काशन गर्नेछ ।

सिड इनर्जी एउटा इन्भेष्मेन्ट कम्पनी हो । यसलाई सिड इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडले व्यवस्थापन तथा प्रवद्र्धन गरेको छ । कम्पनीले उत्पादन, होटल, पूर्वाधार तथा जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्दै आईरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*