नेप्से २२ अकंले घट्यो, सबै उपसूचक राताम्मे
![](https://www.beemapost.com/wp-content/uploads/2023/08/123-14.jpg)
काठमाडौं । नेप्से साताको पहिलो दिनमा नै ओरालो लागेको छ ।नेप्से २२।९९ अंकले घटेर २०१०।१३ को विन्दुमा कायम भएको छ ।
२६९ सूचीकृत कम्पनीको ४३ लाख ७२ हजार ८ सय १ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबै उपसूचक राताम्मे देखिएको छ।
आज सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कृषि विकास बैंकको डिबेन्चर सबैभन्दा धेरै १० प्रतिशत र अपर साङ्गे जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन फरवार्ड लघुवित्तको शेयर साढे चार प्रतिशत र आरएसडीसी लघुवित्त तथा सानिमा लार्ज क्याप फन्डको शेयर चार प्रतिशतले बढेको छ ।
आज दुई सय ६९ वटा कम्पनीका ४४ लाख ५९ हजार कित्ता शेयर किनबेच भएका छन् । ४३ हजार तीन सय पटक भएका कारोबारमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ६३ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।