साल्ट ट्रेडिङ कर्पोरेसनको मुनाफा ५८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

३ भाद्र २०८०, आईतवार १५:४०

साल्ट ट्रेडिङ कर्पोरेसनको मुनाफा ५८ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिमा ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८।०५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यस अवधिसम्मा कम्पनीको खुद नाफा प्रतिसेयर २८।२६ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यो १९।६७ रुपैयाँ थियो।

कम्पनीको हालको चुक्तापुँजी २७ करोड ८८ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ४।७६ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैयाँको उचाइमा पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी २८।२६ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*