कुथेली बुखरी स्मल हाइड्रोपावरको पहिलो शेयर कतिमा भयो कारोबार ?

४ भाद्र २०८०, सोमबार ११:३०

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर आजबाट दोस्रो बजारमा कारोबार भएको छ।स्पेसल प्रि–ओपसन सत्रमा नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएसँगै नियमित रुलसमा खुलेको हो ,

पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १५९।६७ रुपैयाँदेखि अधिकतम ४७९।०१ रुपैयाँ तोकेको छ। प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ४७९ रुपैयाँमा किनबेच भएको छ।

नेप्सेले यो कम्पनीलाई ‘केबीएसएच’ कारोबार संकेत प्रदान गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*