नेसनल हाइड्रोपावर कम्पनीको सवा १३ लाख बढी कित्ता सेयर बिक्रीमा

५ भाद्र २०८०, मंगलवार १५:३७

नेसनल हाइड्रोपावर कम्पनीले सवा १३ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याउने भएको छ।

कम्पनीले सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२।७१७८ कित्ता अवितरित हकप्रद सेयर यही भदौ १३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको हो। यो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ २४ गतेसम्म तोकिएको छ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरमा पेस गर्न सकिनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*