भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

५ भाद्र २०८०, मंगलवार १८:४६

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।

आज ३ लाख १ हजार ८७५ जनाले ३४ लाख २२ हजार २० कित्ताका लागि आवेदन दिएका छन् । कुल ३९ करोड ६९ लाख ५४ हजार ३२० रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*