हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

७ भाद्र २०८०, बिहीबार ०९:४३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले संस्थापक शेयरधनी पृथ्वी बहादुर पाण्डेको नाममा रहेको ६७ हजार ४८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर प्रतिकित्ता न्यूनतम २०० रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ । सो शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरिद गर्न चाहेको शेयर कित्ता र रकम समेत खुलाई कम्पनीको कार्यालय थापागाँउमा खरिद आवेदन पेश गर्न आग्रह गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*