भगवती हाइड्रोपावर डेभलपमेन्टको आईपीओमा १७ गुणा बढी आवेदन

७ भाद्र २०८०, बिहीबार १७:४७

काठमाडौं ।  भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको आईपीओमा तेश्रो दिनसम्ममा १७।०२३ गुणा बढी आवेदन परेको छ।

बिहीबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा १० लाख ९० हजार ९५३ आवेदकले एक करोड २१ लाख २४ हजार २०० कित्ताको लागि आवेदन दिएका हुन्। उक्त आवेदनबाट एक अर्ब ४० करोड ६४ लाख ७ हजार २०० रुपैयाँ सङ्कलन भएको छ। जुन माग भन्दा १७।०२३ गुणा बढी हो। कम्पनीले ७ लाख १२ हजार २२० कित्ताको लागि आह्वान गरेको थियो।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत हुन आउने ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले शेयर निष्कासन खुला गरेको छ।

कम्पनीले कुल ८ लाख ५८ हजार ९७ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये ८५ हजार ८१० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ भने ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले १७ हजार १६२ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्टाएको छ। बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्कासन गरेको आईपीओमा भदौ ८ गते वा भोलिसम्म आवेदन दिन सकिन्छ। न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने सङ्ख्यामा अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*