शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न ङादी ग्रुप पावरलाई आयोगको स्वीकृती

१० भाद्र २०८०, आईतवार १०:३८

काठमाडौं ।  ङादी ग्रुप पावरलाई श प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ ।

आयोगको भदौ ७ गते बसेको बैठकले हकप्रद निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

ङादीको हाल कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२।५० रुपैयाँ रहेको छ । आयोगले सोही पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न कम्पनीलाई स्वीकृति दिएको हो ।

यसअघि कम्पनीको साउन १४ गते बसेको विशेष साधारण सभाले हकप्रद सेयर प्रस्ताव पारित गरेको थियो । ङादीले अब नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि हकप्रद सेयर जारी गर्नेछ । शतप्रतिशत हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*