वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले चिरख्वा हाइड्रोपावरमा आइपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानीयले भने भर्न पाउने

१० भाद्र २०८०, आईतवार १०:४७

काठमाडौं । चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वैदेशिक राजगारको लागि म्याद थप नगर्ने कम्पनीले निर्णय गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले यस कम्पनीको आइपीओमा अब भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

चिरख्वा हाइड्रोपावरले साउन २८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो ।
यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको छ । यसआधारमा १ सय अंकित मूल्यमा ४ लाख कित्ता सेयर स्थानीयलाई जारी भएको छ ।

कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र भोजपुर जिल्लाको स्थानीय बासिन्दालाई निष्कासन गर्न गरेको हो । यता, कम्पनको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात ८० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् ।

यसमा स्थानीय समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*