५० रूपैयाँ प्रतिकित्तामा नै पाईने हाथवे इन्भेष्टमेण्टको आइपीओ कहिलेदेखि जारी हुँदैछ ?

११ भाद्र २०८०, सोमबार १२:२४

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । प्रतिशेयर ५० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कुल कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा २ लाख ९२ हजार ५०० कित्ता , कर्मचारीहरूमा ५८ हजार ५०० कित्ता र सामूहिक लगानीकोषहरूमा १ लाख ४६ हजार २५० कित्ता आईपीओ बाँडफाँट गरिसकिएको छ । यी वाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने आम सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो ।

सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा भदौ २५ गतेसम्म विक्री अवधि तोकिएको यो आईपीओ छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असोज ४ गतेसम्म विक्री लम्बिनेछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिनुपर्नेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्ने केयर एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*