साउन महिनामा कुन निर्जीवन बीमा कम्पनीले कति गरे व्यवसाय ? (तथ्याङ्क सहित)

११ भाद्र २०८०, सोमबार १४:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनासम्ममा निर्जिवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छटन् । नयाँ आर्थिक बर्षको सुरुवातसँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५५ करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन्ु ।

दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस महिनामा ४२ करोड ५० लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रो हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेको छ। कम्पनीले यस महिनामा ४३ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

चौथौमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरले यस महिनामा ३३ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

बीमा,प्राधिकरणको तथ्यांक अनुसार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २९ करोड ९८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख रुपैयाँ, युनाइटेड अजोडले २६ करोड ४६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख रुपैयाँ, एनएलजीले २४ करोड ८ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले १९ करोड ६० लाख रुपैयाँ, सानिमा जीआईसीले १७ करोड ८८ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १४ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*