माण्डु हाइड्रोपावरको आईपीओमा साढे ४ गुणा बढीको आवेदन

११ भाद्र २०८०, सोमबार १८:१४

काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन भएको दुई दिन नै माग भन्दा साढे ४ गुणा बढी आवेदन परेका छन् । सिडिएससीका अनुसार सोमबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको आईपीओमा ४.५७ गुणा आवेदन परेका हुन् ।

कम्पनीको प्राथमिक शेयरमा ४ लाख ९८ हजार ८०९ आवेदकले ५५ लाख १६ हजार ६४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् । उक्त आवेदनबाट एक अर्ब १३ करोड ६४ लाख २७ हजार ८४० रुपैयाँ सङ्कलन भएको छ। कम्पनीले १२ लाख पाँच हजार ३२० कित्ताको लागि आवेदन आह्वान गरेको थियो ।

माण्डु हाइड्रोपावरले आइतबार (भदौ १० गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये कर्मचारीहरुका लागि २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषका योजनाहरुका लागि ७२ हजार १३३ कित्ता शेयर बाँडफाँट गरिसकेको छ। सर्वसाधारण लगानीकर्ताले अब बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*