सिद्धार्थ म्युचअल फण्डका दुई योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ भाद्र २०८०, मंगलवार ०९:१५

काठमाडौं । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को प्रतिफल सुरक्षित गर्ने आज (भदौ १२ गते) अन्तिम दिन रहेको छ ।

यी दुई योजनाहरुले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात भदौ १३ गते बुकक्लोज हुदैछ । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

सिद्धार्थ इक्विटी फण्डले गत आर्थिक वर्षका लागि करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले करसहित ६.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*