हिमालयन क्यापिटलको विशेष साधारण सभा भदौ २७मा, यस्ता छन् प्रस्ताव

१२ भाद्र २०८०, मंगलवार ०९:५५

काठमाडौं । हिमालयन क्यापिटलले विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठककले विशेष सधारण सभा यही भदौ २७ गते कम्पनीको रजिष्टर्डको कार्यालय, ठमेलमा आयोजना गर्ने निर्णय गरेको हो । सभा विहान ११ बजेदेखि सुरु हुने भएको छ ।

सभाले हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेड (प्राप्ति लक्षित संस्था) लाई गाभ्ने प्राप्ति गर्ने सम्बन्धमा कम्पनीको सञ्चालक समितिद्वारा नियुक्त सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकनकर्र्ताको नियुक्ती तथा निजलाई भुक्तानी गरिने पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्याइन प्रतिवेदन तथा अन्तिम सम्झौता पत्र लगायतका गाभ्ने । प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न भईसकेका सम्पूर्ण कार्यहरुलाई पारित गर्ने प्रस्ताव रहेको छ ।

हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनको लागि नियुक्त मुल्याङ्गनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याइन प्रतिवेदन बमोजिम सिफारिस गरिएको आधारमा सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात१००ः३१ (अर्थात सिभिल क्यापिटल मार्केट लिमिटेडको १०० कित्ता शेयर बराबर हिमालयन क्यापिटल लिमिटेडको ३१ कित्ता शेयर प्रदान गर्ने) को आधारमा सिभिल क्यापिटल मार्केट लिमिटेड (प्राप्ति । लक्षित संस्था) लाई प्राप्ति गर्ने प्रस्ताव रहेको छ । सभाले विशेष प्रस्ताव नं. २ बमोजिम सिभिल क्यापिटल मार्केट लिमिटेडलाई गाभ्ने। प्राप्ति गरे पश्चात् कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफा । नियमहरुमा हुने संशोधन पारित गर्नेछ ।

त्यस्तै, सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रियामा नेपाल धितोपत्र बोर्ड लगायत कम्पनी रजिष्ट्रारको कार्यालयमा जानकारी तथा अन्तिम स्वीकृतिको लागि निवेदन दिने र अन्य सम्पूर्ण आवश्यक कार्यहरु निर्वाध रुपमा सम्पन्न गर्न।गराउन एवं कम्पनीको प्रबन्धपत्र तथा नियामवली संशोधनको क्रममा नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियमनकारी निकायको स्वीकृति लिने । अभिलेख गर्न क्रममा भए गरेका काम कारवाही वा पूँजी संरचना वा प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा धपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम संशोधन परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*