अन्तिम दिनमा माण्डु हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

१३ भाद्र २०८०, बुधबार १९:०१

माण्डु हाइड्रोपावरको आइपीओमा २ अर्ब २० करोड ३२ लाख ३७ हजार ९८० रुपैयाँ बराबरको आवेदन परेको छ ।

अन्तिम दिन बुधबार साँझसम्ममा ९ लाख ८० हजार ५३ जनाले १ करोेड ६ लाख ९५ हजार ३३० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८।८७ गुणा बढी आवेदन हो । कम्पनीले भदौ १० गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको हो ।

जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । बाँकी १२ लाख ५ हजार ३२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले माण्डु हाइड्रोपावरको आइपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ असोज १३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० असोज १२ गतेसम्म बाहल रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*