निर्जीवन बीमा कम्पनीहरुले बुझाए २ अर्ब बढी कर, कुनले कति ? (तथ्यांकसहित)

१७ भाद्र २०८०, आईतवार १५:२७

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा दुई अर्ब १८ करोड ६२ लाख रुपैयाँ आयकर बुझाएका छन् । कम्पनीहरुको आयकरको दायरा अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक बर्षको सोही अवधिमा एक अर्ब ६१ करोड ३८ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएको कम्पनीहरुले प्रकाशित गरेको गत आवको वित्तीय विवरणले देखाएको छ ।

समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुमध्ये नेको इन्स्योरेन्सले सबैभन्दा बढी सरकारलाई आयकर बुझाएको छ । यस अवधिमा कम्पनीले २६ करोड ५६ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएको छ ।

आयकर रकमको आधारमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी दोस्रो र नेपाल इन्स्योरेन्स तेस्रो स्थानमा रहेका छन् । यस अवधिमा राष्ट्रिय बीमा कम्पनीले २२ करोड ४८ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १९ करोड ६९ लाख रुपैयाँ कर बुझाएका छन् ।

साविकको सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्ज भई बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १९ करोड ६७ लाख रुपैयाँ, हिमालयन एभरेष्ट लाइफले १७ करोड २४ लाख रुपैयाँ, द ओरियन्टल इन्स्योरेन्सले १७ करोड १४ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १६ करोड ४ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले १५ करोड ९९ लाख रुपैयाँ, एनएलजि इन्स्योरेन्सले १४ करोड ३७ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएको कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ ।

गत आर्थिक वर्षको असारसम्ममा सानिमा जिआईसीले १२ करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियलले ११ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १० करोड ३५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ८ करोड ४७ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ७ करोड ३७ लाख रुपैयाँ आयकर बुझाएका छन् ।

बृद्धिदरका आधारमा

समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुमध्ये हिमालयन एभरेष्टको आयकर १९४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा पाँच करोड ८६ लाख रुपैयाँ आयकर बुझाएकोमा गत आवमा बृद्धि भई १७ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, सानिमा जिआईसी इन्स्योरेन्सको ८७ प्रतिशत, एनएलजी इन्स्योरेन्सले ६५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ५९ प्रतिशत, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको ५० प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ४८ प्रतिशतले बृद्धि भएको छ ।

समीक्षा अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सको आयकरको दायरा घटेको छ । कम्पनीले सरकारलाई बुझाउनु पर्ने आयकर २ दशमलव ५७ प्रतिशतले घटेको छ । कम्पनीले अघिल्लो आवमा ७ करोड ५७ लाख रुपैयाँबाट घटेर गत आवमा ७ करोड ३७ लाख रुपैयाँमा पुुगेको छ ।

आयकर भनेको कानुनले आयकर छुट भनी तोकेका ब्यक्ती वा निकाय बाहेकलाइ रोजगारी, लगानी, ब्यावसाय वा पुंजीगत लाभबाट आर्जित गरेको मुनाफामा कानुनले तोके बमोजिम दरले लाग्ने करलाइ आयकर भनीन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*