अप्पर तामाकोशीको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

१८ भाद्र २०८०, सोमबार ०९:२९

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले आज (भदौ १८ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । यस अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*