नेप्सेमा कुमारी इक्विटी फण्डको इकाईमूल्य समायोजन

१८ भाद्र २०८०, सोमबार ११:२८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ । यस दिन फण्डको १० प्रतिशत नगद लाभांश समायोजन भएको हो । प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

समायोजनपश्चात फण्डको इकाईमूल्य ८ रुपैयाँ २० पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन दोस्रो बजारमा फण्डको इकाई प्रतिकित्ता ९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन फण्डको इकाई कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*