झिनो अंकले बढ्यो नेप्से, १२ उपसूचकमा हरियाली

१८ भाद्र २०८०, सोमबार १५:०५

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ७ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको छ ।

सोमबार नेप्सेमा सूचीकृत २७० कम्पनीहरुको ३४ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लाख ३९ हजारको कारोबार भएको छ ।

नेप्सेमा झिनो अंकको सुधार देखिएसँगै आज १२ उपसूचक बढेको छ भने ट्रेडिङ उपसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ । आज एकमात्र फाइनान्स उपसूचक ०.०२ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*