डिम्याट नवीकरण नगरी आईपीओ भर्न नपाउने भएसँगै ह्वात्तै बढ्यो नवीकरण गराउनेको संख्या

१९ भाद्र २०८०, मंगलवार १४:२९

काठमाडौं । सिडीएससीले भदौ १५ गतेदेखि डिम्याट नवीकरण नगरी आईपीओ भर्न नपाउने तथा मेरो शेयर रोक्का राख्ने नियम लागु गरेसँगै डिम्याट नवीकरण गराउनेको संख्या ह्वात्तै बढेको छ।

भदौ १५ गतेदेखि भदौ १७ गतेसम्म अनलाईन माध्यमबाट डिम्याट नवीकरण गर्नेको संख्या २ लाखले बढेको सिडिएससीले जनाएको छ । यो संख्या अझै बढ्न सक्ने अनुमान सिडीएसले गरेको छ ।

अधिकांश लगानीकर्ताले डिम्याट नवीकरण नगरी मेरो शेयर मात्र नवीकरण गरेर आईपीओ मात्र भरी दोस्रो बजारमा कारोबार नगर्ने गरेपछि सिडिएससीले डिम्याट खाता नवीकरण नगरी मेरो शेयर मात्र नवीकरण गरेका हरुको पनि मेरो शेयर रोक्का राखेको हो ।

लगानीकर्ताले आफ्नो हितग्राही खाताको बार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगाडि नै आफ्नो निक्षेप सदस्यलाई बुझाउनुपर्ने व्यवस्था छ । यो व्यवस्था विपरित शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने गरेको छ । यस्ता लगानीकर्ताले शेयर विक्री गर्दा खाता रोक्का भएका कारणले e-DIS  गर्न सम्भव हुदैन ।

तर दोस्रो बजारमा कारोबार नगर्नेले शेयर बिक्री नै नगर्ने भएकोले उनीहरुले लामो समयदेखिको डिम्याट नवीकरण नगरेपछि सिडिएससीले यस्तो व्यवस्था ल्याएको हो । मेरो शेयर मात्र नवीकरण गरेपनि आईपीओ भर्न मिल्ने भएकाले लगानीकर्ताले डिम्याट नवीकरण नगरी मेरो शेयर मात्र नवीकरण गर्न थालेपछि यस्तो नियम लागू गरिएको हो ।

अब डिम्याट नवीकरण नगरेको खण्डमा मेरोशयरमा ‘Your Demat account has been expired! Renew your Demat account via online payment or visit your DP.’  भन्ने संकेत देखाउछ जसकारण आईपीओ तथा हकप्रदमा पनि आवेदन दिन सम्भव हुँदैन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*