फाइनान्स कम्पनीहरुको शेयरमा निरन्तर गिरावट, कुनको शेयर मूल्य कति छ ?

२३ भाद्र २०८०, शनिबार १३:४०

काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने एक दिनमात्रै बढेको थियो । अघिल्लो साता १९९०.५९ मा बन्द भएको बजार यो साता १९३२.४५ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ५८.१४ अंकको गिरावट आएको छ। अघिल्लो साता बजारमा २३ अंकको गिरावट आएको थियो।

फाइनान्स कम्पनीको शेयर मूल्य बढेर ५ सयको हाराहारीमा पुग्न थालेको छ । २५० रुपैयाँ प्रतिकित्ताबाट सुरु हुने फाइनान्स कम्पनीहरुको शेयर मूल्य ५ सय रुपैयाँ प्रतिकित्तासम्म रहेको छ ।
फाइनान्स कम्पनीहरुको शेयर ४ सय माथि चार कम्पनीको मात्रै शेयर रहेको छ ।

मञ्जुश्री फाइनान्स, गुर्खाज फाइनान्स, आईसीएफसी फाइनान्स, गुडबिल फाइनान्स, पोखरा फाइनान्सको शेयर मूल्य ४ सय रुपैयाँमाथि रहेको छ । बाँकिको शेयर मूल्य ४ सय रुपैयाँ देखि २६० रुपैयाँसम्म रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*