‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा, नगद कति ?

२४ भाद्र २०८०, आईतवार १०:२५

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा गरेको छ ।

योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकको निर्णयले आर्थिक वर्ष २०७९–८०का लागि कुल १८ प्रतिशत (करसहित) नगद लाभांश इकाइधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो ।

सो योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको रहेको छ । जसअनुसार १८ प्रतिशतले हुन आउने कुल २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ । यो योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*