थ्रीस्टार हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

२६ भाद्र २०८०, मंगलवार १५:१४

काठमाडौं । कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबारको अघिल्लो दिन उच्च अंकले बृद्धि भएको शेयर बजार आज १९ दशमलव ४२ अंकले घटेर १९६७ दशमलव ५७ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा गिरावट थ्रीस्टार हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य आज प्रतिकित्ता ३७.८० रुपैयाँ ३४० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, मंगलबार सुपरमादी हाइड्रोपावरको ७ दशमलव २२ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ६ दशमलव ९४ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ दशमलव ८२ प्रतिशतले शेयरमूल्य घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*